काठमाडौं- सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। आइतबार नेपाली बजारमा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ४ सय रुपैयाँ घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य १३ सय रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।