सोमबार, साउन १२ गते २०८२    
सोमबार, साउन १२ २०८२
images
images

गाडी गुडाउनलायक छैनन् रामेछापका मूल सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १२ २०८२
images
images
गाडी गुडाउनलायक छैनन् रामेछापका मूल सडक

मन्थली-पकरबास-गोगनपानी-गाल्वा सडक अन्तर्गत पकरबास- गाल्पा सडक कालोपत्र गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो।

images
images

रामेछाप- निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा यहाँका मुख्य सडक हिलाम्मे छन्। ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका हुन्। 

images

जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली-पकरबास-गोगनपानी-गाल्वा सडक, सित्खा-गोगनपानी-धुलेबेसी-भोटनागी सडक र खिम्ती-रस्नालु-ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ।  

images
images

सित्खा-गोगनपानी-धुलेबेसी-भोटनागी सडक गत असोजमा कालोपत्र गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन। निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए।

images
images
images

निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पूरा नभएको मन्थली नगरपालिका-१ का स्थानीय पाण्डव सुवेदीले बताए। 

त्यसैगरी मन्थली-पकरबास-गोगनपानी-गाल्वा सडक अन्तर्गत पकरबास- गाल्पा सडक कालोपत्र गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो। म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्र नभएपछि ठाउँठाउँमा  हिलो भएको छ। 

पकरवास-गोगनपानी-गाल्वा सडक दश किलोमिटर कालोपत्र गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोडमा लिएको थियो। ७.५ किलोमिटरको गोगनपानी-धुलेबेसी-भोटनागी सडक निर्माणको जिम्मा १७ करोडमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो। १८ महिनामा पूरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाँउपालिका-४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए। 

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति-रस्नालु-ठोसे सडक पनि लथालिङ्ग छ। सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन्।

निर्धारित सयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाँउपालिकाका अध्यक्ष काजीवहादुर खड्काले कारबाहीको माग गरेका छन्।   

कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक-पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए। रासस 


प्रकाशित : सोमबार, साउन १२ २०८२०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend