बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

१ अर्ब ४५ करोडको लगानीमा २५ शय्याको विनयतारा क्यान्सर अस्पताल २ सय शय्यामा विस्तार गरिँदै

आइतबार, साउन ११ २०८२
१ अर्ब ४५ करोडको लगानीमा २५ शय्याको विनयतारा क्यान्सर अस्पताल २ सय शय्यामा विस्तार गरिँदै

अस्पताल ३६ महिनामा निर्माण सम्पन्न हुने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ मा सञ्चालन भइरहेको विनयतारा क्यान्सर अस्पताल विस्तार गरिने भएको छ।

अस्पताल विस्तारका लागि विनयतारा क्यान्सर ट्रष्टले आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारेको छ। रिपोर्ट रायसुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

२५ शय्याको क्यान्सर अस्पतालललाई विस्तार गरी सुविधासम्पन्न २ सय शय्याको बनाइने रिपोर्टमा उल्लेख छ। अस्पताल विस्तारमा १ अर्ब ४५ करोड ५२ लाख ८५ हजार ३ सय ६२ रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

अस्पताल ३६ महिनामा निर्माण सम्पन्न हुने रिपोर्टमा उल्लेख छ।

विनय तारा फाउन्डेसन २०१८ सालदेखि सञ्चालनमा आएको हो। यसले जनकपुरधाममा क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ।

अहिले विनयताराले २५ शय्याको क्यान्सर अस्पताल सञ्चालन गरिरहेको छ।

अस्पताल जनकपुर विमानस्थलबाट ५.७ किलोमिटर र नेपाल-भारत सीमाबाट ५.५ किलोमिटर दुरीमा रहेको छ।


प्रकाशित : आइतबार, साउन ११ २०८२१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend