शनिबार, असोज ५ गते २०८१    
images
images

एमसीसी अनुमोदनको प्रक्रिया अघि बढ्नु सकारात्मक: उद्योग परिसंघ 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
images
images
एमसीसी अनुमोदनको प्रक्रिया अघि बढ्नु सकारात्मक: उद्योग परिसंघ 

सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गरेकोमा परिसंघले सरकार तथा राजनीतिक दललाई धन्यवाद दिएको छ। 

images
images

काठमाडौं- लामो समयदेखि अल्झिएको नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस)बीचको सम्झौता अनुमोदनको प्रक्रिया अघि बढेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ। 

images
images
images

अनुमोदनका लागि आज प्रतिनिधिसभामा टेबल भएको छ। २०७४ भाद्र २९ गते भएको नेपाल सरकार र एमसिसीबीचको सम्झौता संसदबाट अनुमोदन भइ कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्ने परिसंघको विश्वास छ। 

सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गरेकोमा परिसंघले सरकार तथा राजनीतिक दललाई धन्यवाद दिएको छ। 

'नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण छ । लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दीगो आर्थिक विकासका आधार हुन सक्छन् । दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपश्चातको आर्थिक पुनरूत्थानका लागि ठूलो लगानी चाहिन्छ । यसका लागि पनि एमसिसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ' परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

images


प्रकाशित : आइतबार, फागुन ८ २०७८१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend