आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

शुक्रबार, साउन ९ २०८२
५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बैंक नोटको डिजाइन, छपाइ तथा ढुवानीसहित आपूर्तिका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो।

बैंकको मुद्रा व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार कुल ४२० मिलियन (४२ करोड) थान नोट छपाइ गरिने छ। यद्यपि यस प्रक्रियामा पहिले नै प्रिक्वालिफाई (पूर्व छनोट) भइसकेका अन्तर्राष्ट्रिय कम्पनीहरू मात्र सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक पूर्वयोग्य कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ (२०८२ भदौ २२ गते) भित्र थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा आफ्नो प्रस्ताव बुझाउनु पर्नेछ। प्राप्त प्रस्तावहरू सोही दिन दिउँसो १ बजे खोलिने सूचनामा उल्लेख गरिएको छ।

बोलकबोल प्रक्रियाका लागि सहभागी कम्पनीहरूले चार करोड रुपैयाँको बोलकबोल धितो राख्नु पर्ने व्यवस्था गरिएको छ।

नोट छपाइको काम विदेशी छपाइ गृहमार्फत गरिँदै आएको छ भने नोटको डिजाइईन, गुणस्तर र सुरक्षात्मक विशेषता बैंकले नै निर्धारण गर्छ।

यसअघि राष्ट्र बैंकले १०, २०, १०० र १००० दरका नोट छपाइका लागि पनि यस्तै प्रकृया अपनाउँदै आएको छ।


प्रकाशित : शुक्रबार, साउन ९ २०८२१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend