आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

यी ९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, कुनको कति?

शुक्रबार, साउन ९ २०८२
यी ९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, कुनको कति?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९ वटा कम्पनीको सेयर मूल्य समायोजित हिसाबमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

हालसम्मकै उच्च मूल्य कायम गर्ने कम्पनीमध्ये पाँच जलविद्युत् समूहका छन् भने बाँकी बीमा, लगानी, विकास बैंक तथा रियल स्टेट समूहका छन्।

हिजो बिहीबार बजार बन्द हुने समयसम्मको समायोजित मूल्यअनुसार सबैभन्दा अगाडि सीईडीबी होल्डिङ्स रहेको छ। लगानी समूहमा पर्ने सीईडीबीको मूल्य २ हजार ९ सय ३९ रुपैयाँ २१ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च हो।

बीमा समूहमा पर्ने नेपाल पुनर्बीमा कम्पनीको मूल्य १ हजार ५ सय ९८ रुपैयाँ ९६ पैसा पुगेको छ। जलविद्युत् समूहमा पर्ने बुटवल पावर कम्पनीको मूल्य १ हजार ३३ रुपैयाँ २८ पैसा, राधी विद्युतको ८ सय ७० रुपैयाँ ५४ पैसा र कालिका पावर कम्पनीको ६ सय ४८ रुपैयाँ २२ पैसा पुगेको छ।

हालै सूचीकृत भएका दुई कम्पनीमध्ये सान्भी इनर्जी लिमिटेडको मूल्य ५ सय ७७ रुपैयाँ ९० पैसा पुगेको छ भने ट्रेड टावर लिमिटेडको मूल्य ६ सय ४८ रुपैयाँ २० पैसा पुगेको छ। यी दुवै कम्पनी हालै नेप्सेमा सूचीकृत भएका हुन्।

यसैगरी विकास बैंक समूहमा पर्ने सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य ४ सय ९३ रुपैयाँ तथा जलविद्युत् समूहमै पर्ने ङादी ग्रुप पावर लिमिटेडको मूल्य ४ सय ४६ रुपैयाँ ५ पैसा पुगेको छ।

लगातारको वृद्धिपछि यी कम्पनीहरूका सेयर समायोजित आधारमा उच्च बिन्दुमा पुगेका हुन्। बजार विश्लेषकहरूका अनुसार जलविद्युत् तथा लगानी समूहमा लगानीकर्ताको आकर्षण बढेसँगै मूल्यमा नयाँ उचाइ देखिएको हो।

क्र.सं कम्पनीको नाम समूह वर्गीकरण समायोजित उच्च मूल्य 
सीईडीबी होल्डिङ्स लिमिटेड लगानी समूह २,९३९.२१
नेपाल पुनर्बीमा कम्पनी बीमा समूह १,५९८.९६
बुटवल पावर कम्पनी जलविद्युत् १,०३३.२८
राधी विद्युत् कम्पनी जलविद्युत् ८७०.५४
कालिका पावर कम्पनी जलविद्युत् ६४८.२२
ट्रेड टावर लिमिटेड अन्य (रियल स्टेट) ६४८.२०
सान्भी इनर्जी लिमिटेड जलविद्युत् ५७७.९०
सांग्रिला डेभलपमेन्ट बैंक विकास बैंक ४९३.००
ङादी ग्रुप पावर लिमिटेड जलविद्युत् ४४६.०५


प्रकाशित : शुक्रबार, साउन ९ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend