आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

निफ्राको नाफा घट्दा पनि बढ्यो वितरणयोग्य नाफा

बुधबार, साउन ७ २०८२
निफ्राको नाफा घट्दा पनि बढ्यो वितरणयोग्य नाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

२०८०/८१ को समाप्तिसम्म निफ्राले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा बैंकको नाफा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानीमा आएको २५.५१ प्रतिशतको गिरावटसँगै नाफा पनि घटेको हो। तथापि, यस अवधिमा बैंकको फि तथा कमिशन आम्दानीमा उल्लेख्य ७९.७३ प्रतिशतको वृद्धि देखिएको छ। कुल सञ्चालन आम्दानी २५.०३ प्रतिशतले र सञ्चालन नाफा १३.६९ प्रतिशतले घटेको छ।

नाफा घट्दासमेत निफ्राको वितरणयोग्य नाफा भने वृद्धि भएको छ। समीक्षा अवधिमा वितरणयोग्य नाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस ८६ पैसा घटेर ५ रुपैयाँ ३० पैसामा सीमित भएको छ। असार मसान्तसम्म निफ्राको मूल्य–आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको निफ्राको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो एक वर्षमा बैंकको निक्षेप ८२६.६५ गुणा र कर्जा प्रवाह १८.९० प्रतिशतले बढेको उल्लेख गरिएको छ। 


प्रकाशित : बुधबार, साउन ७ २०८२१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend