शनिबार, असोज ५ गते २०८१    
images
images

सामान्य हुँदै विश्व व्यापार, महामारीकै तुलनामा उच्च वृद्धि

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ८ २०७८
images
images
सामान्य हुँदै विश्व व्यापार, महामारीकै तुलनामा  उच्च वृद्धि

वस्तु तथा सेवाको व्यापार यो अवधिमा बढेको छ। 

images
images

काठमाडौं- सन् २०२१ मा विश्व व्यापार महामारी अघिको अवस्थामा पुगेको छ। यूएन कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलेपमेन्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार व्यापार मूल्य सन् २०१९ कै तुलनामा वृद्धि भएको छ। 

images
images
images

वस्तु तथा सेवाको व्यापार यो अवधिमा बढेको छ। 

तथ्यांक अनुसार विश्व व्यापारको मूल्य हालसम्मकै उच्च पुगेको छ। सन् २०२१ मा २८.५ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापार भएको छ। यो सन् २०२० को तुलनामा २५ प्रतिशत र २०१९ को तुलनामा १३ प्रतिशतले बढी हो। 

सन् २०२१ मै सेवा व्यापार ५० अर्ब डलरले बढेको छ। विकासोन्मुख मुलुकहरूको व्यापार झनै बढेको छ। तथ्यांक अनुसार विकासोन्मुख अर्थतन्त्रमा आयात तथा निर्यात बढेको छ। विकासोन्मुख क्षेत्रमा व्यापार  ३० प्रतिशतले बढेको छ। सन् २०१९ को तुलनामा १५ प्रतिशतले बढेको छ। 

images

सन् २०२१ मा बलियो वृद्धि देखिएपनि सन् २०२२ मा भने अपेक्षित वृद्धि नहुने संस्थाले प्रक्षेपण गरेको छ। 

 


प्रकाशित : आइतबार, फागुन ८ २०७८०६:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend