आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

सोमबार, साउन ५ २०८२
रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

१६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ। नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ।

काठमाडौं- रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी  २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ। 
 
नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो। शिखर इन्स्योरेन्स कम्पनीमा  १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ। नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ। 
 
नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआईसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ  बराबरको छ वटा, आईजीआई प्रूडेन्सियलमा  ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। 
 
त्यसैगरी युनाइटेड अजोडमा  ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा  ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा  ३१ लाख रुपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ। प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ।
 
रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो। रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो। रासस 


प्रकाशित : सोमबार, साउन ५ २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend