काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्यमा समान्य वृद्धि भएको छ। शुक्रबार ९६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सय बढेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदीको मूल्य १३ सय ५ रुपैयाँ तोकिएको छ। शुक्रबार पनि चाँदी १३ सय ५ रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।