काठमाडौ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागु हुनेगरि निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य बढाएको हो। योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
अब पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँले बढेर १ सय ४५ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजल र मट्टीतेल पनि ३ रुपैयाँले बढेको छ। समायोजित मूल्य डिजेल प्रतिलिटर १ सय २८ रुपैयाँ कायम भएको छ। अन्यकाे मूल्य यथावत नै राखिएकाे निगमले जनाएकाे छ।
भारतबाट नै इन्धनको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।