आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

वित्तीय समस्यामा रहेको पोखरा फाइनान्सले मर्जका लागि खोज्यो जोडी, समृद्धि फाइनान्ससँग सहमति

आइतबार, साउन ४ २०८२
वित्तीय समस्यामा रहेको पोखरा फाइनान्सले मर्जका लागि खोज्यो जोडी, समृद्धि फाइनान्ससँग सहमति

काठमाडौं- खराब कर्जा बढेर वित्तीयरुपमा समस्यामा परेको पोखरा फाइनान्सले मर्जका लागि जोडी खोजेको छ। पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने/गाभिने प्रारम्भिक सहमति भएको हो।

आइतबार बिहान दुई संस्थाले मर्जमा जानका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा पोखरा फाइनान्सको पुँजीकोष अनुपात ४.६८ प्रतिशतले ऋणात्मक रहेको छ। यस फाइनान्सको पुँजीकोष करिब ३१ करोडले ऋणात्मक छ।

यस अवधिमा पोखरा फाइनान्सको खराब कर्जा ३२.५६ प्रतिशत पुगेको छ। पोखरा फाइनान्समा समस्या देखिएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरिरहेको छ।

यसैले पनि पोखरा फाइनान्सलाई मर्जमा जानका लागि राष्ट्र बैंकले दबाब दिँदै आएको थियो। 


प्रकाशित : आइतबार, साउन ४ २०८२१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend