शनिबार, साउन ३ गते २०८२    
शनिबार, साउन ३ २०८२
images
images

मुग्लिन-पोखरा सडक : बाटो काट्न छैन सहज, विमानस्थल क्षेत्र अस्तव्यस्त

images
शनिबार, साउन ३ २०८२
images
images
मुग्लिन-पोखरा सडक : बाटो काट्न छैन सहज, विमानस्थल क्षेत्र अस्तव्यस्त

जेब्रक्रसबाट सडक वारपार गर्न सजिलो छैन। सेताे रङले छुट्याएको जेब्रक्रसको बीचमा सडकको मध्यभाग छ। जसमा दुवो र फूलका विरुवा रोपिएका छन्। सामान्यतया जेब्राक्रसबाट ह्वीचियर ओहोरदोहोर गर्न मिल्नुपर्छ।

images

काठमाडौं- मुग्लिन-पोखरा सडकको अधिकांश क्षेत्र चिल्लो देखिन्छ। सामाजिक सञ्जालमा भिडियो र फोटो पनि त्यसरी नै सार्वजनिक भइरहेका छन्। समग्रमा हेर्दा सडकको अवस्था राम्रो नै भए पनि सुरक्षाको दृष्टिले महत्वपूर्ण केही कामहरू भने भएका छैनन्।

images
images

मुग्लिन-पोखरा पूर्वी र पश्चिम गरेर दुई खण्डमा छुट्याएर चार लेनमा विस्तार हुँदैछ। जसमध्ये पश्चिम खण्डको काम ५५ प्रतिशतमात्रै भएको छ भने पूर्वी खण्डका ८६ प्रतिशत भौतिक प्रगति भइसकेको छ।

images
images

४१.४५ किलोमिटर लामो पूर्वी खण्ड विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएर २०७८ बैशाख २ गतेदेखि निर्माण सुरु गरिएको थियो। जसको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो। यो खण्डको कुल लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।

images
images
images

पूर्वीखण्डको तेस्रोपटक थप भएको म्याद यही असार २९ गतेदेखि सकिएको छ। यद्यपि केही फिनिसिङका काम बाँकी रहेकाले एकपटक म्याद थप गर्ने पूर्वी खण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी बताउँछन्।

उनका अनुसार ट्राफिक साइनहरु राख्न बाँकी छ। डिजाइन स्पिड प्रतिघण्टा ६० किलोमिटर रहेको उनले बताए।

सर्वसाधारणले सडक प्रयोग सुरु गरेकाले दुर्घटनाको जोखिम पनि बढेको छ। पूर्वी खण्ड तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म पर्छ।

Pokhara Sadak.jpg

गाउँमा चिल्लो सडक बजार क्षेत्रमा विरुप

मुग्लिन-पोखराको पश्चिम खण्ड तनहुँको जामुनेदखि पोखरा बजारसम्म हो। पश्चिम खण्डको लम्बाइ ३८.८ मिलोमिटर छ। जसमध्ये २६ किलोमिटर सडकमात्रै ४ लेनमा विस्तार भएको पश्चिम खण्डका योजना प्रमुख कृष्ण कुँवर बताउँछन्।

बाँकी १२.८ किलोमिटर सडक भने स्तरोन्नतिको चरणमा रहेको उनले बताए। २०७८ जेठ ३ गते सम्झौता भएको पश्चिम खण्डको निर्माण सम्पन्न गर्ने म्याद २०८२ पुस १६ गतेसम्म तोकिएको छ। पश्चिम खण्डको ठेक्का चिनियाँ कम्पनी एनहुई केयूएन हाइवे एन्ड ब्रिजले लिएको हो।

जसको कुल लागत ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ। स्तरोन्नति गर्न बाँकी क्षेत्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपर पर्छ। अर्थात् पर्यटकीय नगरी पोखराको मुख्य बजार क्षेत्र भने सडक स्तरोन्नतिको कामले अस्तव्यस्त देखिन्छ।

Pokhara sadak 6.jpg

पोखरा क्षेत्रमा ४ लेन सडक र दुई लेन सर्भिस लेनगरी ६ लेन बन्दै छ। जसमध्ये हाल दुई लेनमात्रै प्रयोग गरेर बाँकी लेनहरुमा काम भइरहेको छ। त्यसबाहेक पोखरा बजार क्षेत्रनजिकै पर्ने विजयपुर खोलाको पुल पनि निर्माणाधीन छ।

पश्चिम खण्डमा १२ वटा मोटोरेवल पुल बनाउनु पर्छ। ११ वटा निर्माण सम्पन्न भइसकेका छन्। सडक विस्तारले यात्रामा असहजता, दुर्घटनाको जोखिम तथा पर्यटन आवागमनमा समेत असर पर्ने देखिन्छ।

Pokhara pul 3.jpg

पूर्वी खण्डभन्दा ढिलो काम सुरु गरिएको एवं पोखरा क्षेत्रमा बढी पानी पर्ने भएकाले काममा ढिलाइ भएको योजना प्रमुख कुँवर बताउँछन्। तर अरु काम सकिएर कालोपत्रेको तयारी भइरहेकाले म्यादभित्रै विस्तारको काम सम्पन्न हुने दाबी उनले गरे।

Pokhara sadak 2.jpg

‘२०८२ पुससम्म म्याद छ, त्यो बेलासम्म सडक कालोपत्र र विजयपुरको पुल बनिसक्छ’ योजना प्रमुख कुँवर भन्छन्, ‘८० प्रतिशतभन्दा बढी प्रगति भएपछि सडकको मुख्य काम सकिन्छ। अरु सहायक कामले यात्रुलाई खास फरक पर्दैन।’

Pokhara sadak 3.jpg

जेब्राक्रसिङबाट सकिँदैन बाटो काट्न

मुग्लिन-पोखरा खण्डका विस्तार सकिएका सडक राम्रा छन्। चिल्ला सडकको बीचमा आवश्यकताअनुसार सवारी मोड्ने ठाउँ र पैदलयात्रुका लागि जेब्राक्रस पनि छुट्याइएको छ तर जेब्राक्रस नामका मात्रै छन्। अर्थात् त्यहाँबाट सडक वारपार गर्न सजिलो छैन।

सेताे रङले छुट्याएको जेब्रक्रसको बीचमा सडकको मध्यभाग छ। जसमा दुवो र फूलका विरुवा रोपिएका छन्। सामान्यतया जेब्राक्रसबाट ह्विलचयरसमेत ओहोरदोहोर गर्न मिल्नुपर्छ।

Sadak, muglin.jpg

तर मुग्लिन-पोखरा सडकको कुनैपनि जेब्रक्रसमा ह्विलचेयर त परको कुरा सामान्य मानिस पनि सहजै आवतजावत गर्न सक्ने अवस्था छैन। पश्चिम खण्डका प्रमुख कुँवर जेब्राक्रस त्यस्तो भएको आफूलाई याद नभएको बताउँछन्।

‘मेरो जिम्मेवारीको क्षेत्रको जेब्राक्रसमा समस्या छ जस्तो लाग्दैन। कतै स्थानीयको मागका आधारमा थप भएर फिनिसिङ गर्न बाँकी भएको होला’ बिजनेस ज्युजसँग उनले भने, ‘हाम्रो डिजाइनमा समस्या छैन, जेब्राक्रसमा हिँड्न नमिल्ने गरी सडक बनाएको होइन।’

Muglin sadak.jpg

पूर्वी खण्डका योजना प्रमुख भण्डारी बजार क्षेत्रको जस्तो जेब्राक्रस बनाउँदा दुईपाङ्ग्रे र साना चारपाङ्ग्रे सवारी मोड्ने भएकाले दुर्घटनाको जोखिम बढ्न सक्ने बताउँछन्।

‘सडक विभाग, परार्शदाता, निर्माण कम्पनीबीच छलफल भएर सवारी चल्न नमिल्ने तर मान्छे हिँड्न भर्‍याङ बनाउने सहमति भएको छ। अहिले सडकमा देखिएको जेब्राक्रस फिनिसिङ भएको होइन’ प्रमुख भण्डारीले भने।

Sadak pokhara 44.jpg

तस्बिरहरू : पूर्वाधार पत्रकार समाज


प्रकाशित : शनिबार, साउन ३ २०८२१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend