बुधबार, असार ३२ गते २०८२    
बुधबार, असार ३२ २०८२
images
images

एक वर्षमा ५५४ अंकले बढ्यो सेयर बजार, साउनमा पहिलेजस्तै वृद्धितर्फ बढ्ला?

images
बुधबार, असार ३२ २०८२
images
images
एक वर्षमा ५५४ अंकले बढ्यो सेयर बजार, साउनमा पहिलेजस्तै वृद्धितर्फ बढ्ला?
images
images

काठमाडौं- २०८१ असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजार आज २०८२ असार ३२ गते २७९४.७९ बिन्दुमा पुगेको छ। एक वर्षमा बजार ५५४.३८ अंकले बढेको छ।     

images
images

गएको वर्ष असार अन्तिममा २२४० मा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। गएको वर्ष साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबारसमेत भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। यो वर्ष पनि साउनमा बजारले उचाइको संकेत गरेको छ। 

images
images

गएको साता समग्रमा २७.८४ अंकले बढेको सेयर बजार त्यसअघिको साता १०८.१९ अंकले बढेको थियो। सकारात्मक गतितर्फ लाग्ने संकेत गरिरहेको बजारमा मौद्रिक नीतिले लगानीकर्ता थप उत्साहित देखिएका छन्। 

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार २९ अंकले बढेर २७६०.८१ बिन्दुमा पुगेको बजार सोमबार ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा झरेको थियो। मंगलबार ३४.४६ अंकले बढेको बजार बुधबार पनि ३४ अंकले बढेको हो। 

आज बुधबार ३४.६१ अंकले बढेर २७९४.७९ बिन्दुमा पुगेको छ। १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको बजारमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ। ५५ कम्पनीको सेयर मूल्य घटेको छ। 

बुधबार सबै समूहमा हरियाली देखिएको छ। जहाँ बैंकिङ समूह १.५९, विकास बैंक ३.८६, हाइड्रोपावर १.२८, फाइनान्स ०.७५, माइक्रोफाइनान्स १.८५, लाइफ इन्स्योरेन्स ०.६६ र ननलाइफ इन्स्योरेन्स १.८५ प्रतिशतले बढेको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्। 

मौद्रिक नीतिले बैंकहरूको बिजनेस विस्तारमा थप सहयोग पुग्ने देखिएसँगै सेयर बजारमा समेत बैंकहरूको मूल्यमा उछाल आइरहेको विश्लेषकहरू बताउँछन्। अहिले बैंकिङ समूहमा देखिएको वृद्धिले बजारलाई बलियो रुपमा उचाइतर्फ जान सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

अहिलेको वृद्धिमा लगानीकर्ताको मनोवैज्ञानिक अवस्थादेखि नीतिगत साथसम्म मिलेकाले अब नयाँ उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, असार ३२ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend