बुधबार, असार ३२ गते २०८२    
बुधबार, असार ३२ २०८२
images
images

नीतिगत दर घटेसँगै बैंकहरूले घटाए निक्षेपको ब्याजदर, बचतकर्तालाई निरुत्साहित गरेर ऋणीलाई राहत

images
बुधबार, असार ३२ २०८२
images
images
नीतिगत दर घटेसँगै बैंकहरूले घटाए निक्षेपको ब्याजदर, बचतकर्तालाई निरुत्साहित गरेर ऋणीलाई राहत

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै बैंकहरूको कर्जाको ब्याजदरसमेत घट्ने भएको छ। फलस्वरुप परिवर्तनशील ब्याजदर कायम गरेर ऋण लिएका ऋणीलाई राहत पुगेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पनि साउनका लागि ब्याजदर घटाएका छन्।

images
images

बैंकहरूले ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर थप घट्ने भएकाले ऋण लगानी थप सस्तो हुने भएको छ। यसले ऋणीलाई राहत दिएपनि बचतकर्ता भने निरुत्साहित हुने भएका छन्।

images
images

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको बैंक दर ०.५ प्रतिशत आधार बिन्दुले घटाएर ६ प्रतिशत, नीतिगत दर ०.५ प्रतिशत आधार बिन्दुले घटाएर ४.५ प्रतिशत र निक्षेप संकलन दर ०.२५ प्रतिशत आधार बिन्दुले घटाएर २.७५ प्रतिशतले कायम गरेको छ। 

images
images
images

नीतिगत दर घटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत आधार बिन्दुदेखि ०.५ प्रतिशत आधार बिन्दुसम्मले घटाएका छन्।

यस्तै राष्ट्र बैंकले निक्षेप संकलन दर घटाएकाले बैंकहरूले साधारण बचतमा दिने ब्याजदर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेका छन्। 

रेमिट्यान्सबाट प्राप्त हुने बचतमा मुद्दती बचत र साधारण बचतभन्दा १ प्रतिशत बिन्दुले बढी ब्याजदर कायम गर्नुपर्ने नियामकीय प्रावधान रहेको छ।

यस्तै राष्ट्र बैंकको नियमअनुसार संस्थागत निक्षेपकर्तालाई साधारण मुद्दती निक्षेपभन्दा थप १ प्रतिशत बिन्दु घटाएर बैंकहरूले ब्याजदर तोकेका छन्। 

साउनमा अधिकांश वाणिज्य बैंकहरूले मुद्दती तथा साधारण बचतको ब्याजदर घटाएका छन्। साउन महिनाका लागि नबिल बैंकले बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत आधार बिन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ०.२५ प्रतिशत आधार बिन्दुले नै घटाएर ५.२५ प्रतिशत कायम गरेको छ। यस्तै हिमालयन बैंकले असारमा अधिकतम ब्याजदर ६.२५ प्रतिशत कायम गरेकोमा साउनका लागि ६ प्रतिशतमात्रै कायम गरेको छ।

यस्तै नेपाल एसबीआई बैंकले साउनका लागि ०.१५ प्रतिशत आधार बिन्दुले ब्याजदर घटाउँदै ५.५ प्रतिशत कायम गरेको छ। एनआईसी एसिया बैंक र एभरेष्ट बैंकले ०.३० प्रतिशत आधार बिन्दुले घटाएर ६.२५ प्रतिशत कायम गरेका छन्। 

स्टाण्डर्ड चार्टर्ड बैंकले भने दीर्घकालीन अवधिको साधारण मुद्दतीको ब्याजदरमा खासै ठूलो परिवर्तन गरेको छैन। माछापुच्छ्रे बैंकले भने साधारण मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत आधार बिन्दुले नै घटाएको छ। कुमारी, ग्लोबल आइएमई बैंक र एनएमबि बैंकले भने असारकै दीर्घकालीन निक्षेपको ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्। 

सिटिजन्स बैंकले ०.१५ प्रतिशतले दीर्घकालीन निक्षेपको ब्याजदर घटाएर ५.५० प्रतिशत कायम गरेको छ। प्राइम कमर्सियल बैंकले दीर्घकालीन अवधिको साधारण बचतको ब्याजदर ६ प्रतिशतमा कायम गरेको छ।

कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले सामान्यरुपमा ब्याजदर घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले भने ०.५ प्रतिशत आधार बिन्दुले नै ब्याजदर घटाएको छ। 

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै बैंकहरूको कर्जाको ब्याजदरसमेत घट्ने भएको छ। फलस्वरुप परिवर्तनशील ब्याजदर कायम गरेर ऋण लिएका ऋणीलाई राहत पुगेको छ।

संस्थागत बचतकर्ता र साधारण बचतकर्तालाई भने बैंकको ब्याजदर घट्दा समस्या हुने देखिएको छ। उनीहरूले वैकल्पिक लगानीको क्षेत्र खोज्ने प्रवृत्ति सुरु भएमा बैंकमा रहेको निक्षेप घट्ने देखिन्छ।

सेयर बजारका लागिसमेत ब्याजदरमा आएको गिरावट सकारात्मकरुपमा लिन थालिएको छ। खासगरी बैंकहरूको ब्याजदर घटेको समयमा ऋणपत्रमा लगानी बढ्ने प्रवृत्ति रहँदै आएको छ। भारतमा भन्दा नेपालमा मुद्दती निक्षेपको ब्याजदर सस्तो हुँदै गएकाले पुँजी पलायनको जोखिम पनि त्यति नै मात्रामा बढेको छ।


प्रकाशित : बुधबार, असार ३२ २०८२१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend