बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार

बुधबार, असार ३२ २०८२
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
फाइल तस्बिर

भारतको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरीका पाँचजना मजदुरको उद्धार गरी परिवारलाई जिम्मा लगाइएको छ।

सप्तरी- कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ। 

भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँचजना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाइ श्रम शोषणमा परेका तिरहुतका-४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी-८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँचजनालाई सकुशल उद्धार गरिएको हो।

अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर संघको सहयोग र समन्वयमा उनीहरूलाई उद्धार गरिएको स्पष्ट गरे।

नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इन्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend