शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर लगानीकर्ताका लागि मौद्रिक नीतिको समीक्षा स्थिर, विश्लेषक भन्छन्- असर गर्दैन, बजार बढ्ने हुँदा लगानीको समय हो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ७ २०७८
images
सेयर लगानीकर्ताका लागि मौद्रिक नीतिको समीक्षा स्थिर, विश्लेषक भन्छन्- असर गर्दैन, बजार बढ्ने हुँदा लगानीको समय हो
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले सेयर लगानीकर्तामा खासै असर नपर्ने विश्लेषकहरूले बताएका छन्।

images
images
images

मौद्रिक नीतिमार्फत नै कर्जा प्रवाहमा कडाइ गरिएको र अहिलेको समीक्षामा कुनै पनि विषय परिवर्तन नभएकोले बजारमा खासै असर नपर्ने विश्लेषकहरूले बताएका छन्। विश्लेषक विष्णु बस्यालले सेयर कर्जाको व्यवस्थामा कुनै पनि परिवर्तन नगरिएकोले खासै असर नपर्ने बताउँछन्। 

images
images

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ लाई मौद्रिक नीति सार्वजनिक गर्दै लागु गरेको सेयर कर्जामा यथावत राख्ने निर्णय गरेको छ। राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागत तथा पारिवारिक कर्जामा १२ करोडको सीमा तोकेको थियो। 

images
images

मौद्रिक नीतिको त्रैमासिक समीक्षासँगै यसलाई हटाउनु पर्ने विषय आएपनि राष्ट्र बैंकले नयाँ व्यवस्था केही गरेको छैन। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा पनि यो व्यवस्थालाई यथावत नै राखेको हो। ‘सबै विषय यथावत भएकोले केही असर पर्दैन, बजार अब थप बढ्ने वातारण बनेको छ’, विश्लेषक बस्यालले भने। 

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा आउने चर्चा भएपछि साताको अन्तिम दिन बिहीबार सेयर बजारमा व्यापक उतारचढावकाबीच थामिएको थियो। अब सेयर बजारमा खासै असर पार्ने विषय नआएकोले बजार बढ्ने अनुमान विश्लेषकहरूको रहेको छ।

ब्याजदरको बिषयले पनि अब सेयर बजारलाई असर नगर्ने विश्लेषक छोटेलाल रौनियार बताउँछन्।

'अब ब्याजदरको विषयले पनि बजारमा असर पार्ने अवस्था देखिँदैन। नयाँ लगानीकर्ताले लोन लिएका छैनन्। ब्याजदरको विषयले पनि अब बजारमा खासै ठूलो प्रभाव पर्ने अवस्था रहँदैन' उनले भने।

साताको अन्तिम दिन बिहीबार १.९३ अंकले घटेर २७३२.५२ अंकमा सीमित भएको छ। कारोबार रकम पनि बिहिबार घटेको थियो। २ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। 

बुधबार १९.८४ अंकको गिरावट देखिएको थियो। जसका कारण २७३४.४४ बिन्दुमा नेप्से सीमित भएको थियो। बुधबार ३ अर्ब २ करोड रुपैयाँको कारोबार मात्र भएको थियो।

एमसीसी अनुमोदन हुने चर्चाले मंगलबार भने ५३ अंकले बजार बढको थियो। साताको पहिलो दिन आइतबार सेयर बजारमा १०१ अंकको पहिरो गएपनि सोमबार केही सम्हालिएको बजार मंगलबार भने बढेको थियो। 

केही समय यता वाणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको समीक्षाको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको थियो। अब समीक्षा आइसेकोकोले लगानीकर्तामा मनोवैज्ञानिक असर सकिएको समेत विश्लेषक बस्यालले बताए।  

मंगलबार नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ। ६३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ कारोबार भएको थियो। 

सोमबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेर बन्द भएको थियो। ७५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो। 

आइतबार १०१.२४ अंकले घटेर २७००.३२ बिन्दुमा पुगेको थियो। जहाँ १ सय ९० कम्पनीकै सेयर मूल्य घटेको थियो भने १ कम्पनीको मूल्यमा परिवर्तन आएको थिएन। आइतबार ५ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको थियो।  जसका कारण चुनाव घोषणापछि पनि नेप्से परिसूचक लगातार घटिरहेको छ।


प्रकाशित : शनिबार, फागुन ७ २०७८०३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend