काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँले घटाइएको छ। डिजेल र मट्टीतेलको मूल्य भने १ रुपैयाँले मात्र घटाइएको निगमले जनाएको छ।
यसअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा पुगेको छ। सोही स्थानहरूमा डिजेल र मट्टीतेलको मूल्य १४५ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ।
भारतबाट आयात हुने मूल्यमा परिर्वतन आएपछि सोहीअनुसार समायोजन गरिएको हो।
