बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मनमोहक बनिरहेको छ मुग्लिन-पोखरा सडक [तस्बिरहरू]

पूर्वी खण्ड अन्तिम चरणमा, पश्चिम खण्डमा ५६ प्रतिशत प्रगति

मंगलबार, असार ३१ २०८२

परियोजना सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै बागलुङ, मुस्ताङ, म्याग्दीजस्ता जिल्ला तथा प्रमुख पर्यटकीय क्षेत्रहरूमा यातायात सहज हुने अपेक्षा गरिएको छ।

काठमाडौं- मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्डमा ५६ प्रतिशत र पूर्वी खण्डमा ८६ प्रतिशत भौतिक प्रगति भएको छ।

तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३३.७ किलोमिटर सडक पश्चिम खण्डमा पर्छ। २०७८ जेठ ३ गते सम्झौता भएको पश्चिम खण्डको निर्माण सम्पन्न गर्ने म्याद २०८२ पुस १६ गतेसम्म तोकिएको छ। पश्चिम खण्डको ठेक्का चिनियाँ कम्पनी एनहुई केयूएन हाइवे एन्ड ब्रिजले लिएको हो। जसको कुल लागत ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

४१.४५ किलोमिटर लामो पूर्वी खण्ड विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो भने २०७८ बैशाख २ गतेदेखि निर्माण सुरु गरिएको थियो। जसको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो। यो खण्डको कुल लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ। पूर्वी खण्डको तेस्रोपटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको छ। 

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ। कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। 

muglin pokhara (5).jpg

२०२६ सालमा पहिलोपटक रेखांकान गरिएको यो सडकमा पछिल्ला वर्षमा सवारी चाप अत्यधिक बढेपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा विस्तारको काम भइरहेको हो।

परियोजना सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै बागलुङ, मुस्ताङ, म्याग्दीजस्ता जिल्ला तथा प्रमुख पर्यटकीय क्षेत्रहरूमा यातायात सहज हुने अपेक्षा गरिएको छ।

muglin pokhara (2).jpg
muglin pokhara (3).jpg
muglin pokhara (4).jpg
muglin pokhara (6).jpg
muglin pokhara (7).jpg
muglin pokhara (8).jpg
muglin pokhara (9).jpg
muglin pokhara (10).jpg
muglin pokhara (11).jpg
muglin pokhara (12).jpg
muglin pokhara (13).jpg
muglin pokhara (14).jpg
muglin pokhara (15).jpg
muglin pokhara (16).jpg

तस्बिरहरू स्रोत: नेपाल पूर्वाधार पत्रकार समाज


प्रकाशित : मंगलबार, असार ३१ २०८२१३:३८
  • सम्बन्धित विषय:

  • # बन्दैछ देश


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend