मंगलबार, असार ३१ गते २०८२    
मंगलबार, असार ३१ २०८२
images
images

कालीगण्डकी नदीमा बेलिब्रिज जडान, २ करोड ८७ लाख रूपैयाँ खर्च

images
मंगलबार, असार ३१ २०८२
images
images
कालीगण्डकी नदीमा बेलिब्रिज जडान, २ करोड ८७ लाख रूपैयाँ खर्च

दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो। बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ।

images
images

मुस्ताङ- यहाँको घरपझोङ गाउँपालिका-२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो।

images
images

बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख रूपैयाँ लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजार रूपैयाँमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए।

images
images

सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ। बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो।

images
images
images

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend