मंगलबार, असार ३१ गते २०८२    
मंगलबार, असार ३१ २०८२
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आबद्ध

images
मंगलबार, असार ३१ २०८२
images
images
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आबद्ध

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् एनआईएमबीले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछ।

images
images

काठमाडौं-  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनसीएचएलबीच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

images
images

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

images
images

एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस-एनसीएस र नेपालपे कार्डमा आबद्ध भइरहेका छन्।

images
images
images

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् एनआईएमबीले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछ। 

एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैरबैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। एनपीएस-एनसीएस र नेपालपे कार्ड को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

एनआईएमबीले आफ्नै कार्ड स्विच पूर्वाधार सञ्चालन गर्दै आएको छ। यस पूर्वाधारमार्फत, बैंकले ३ वाणिज्य बैंक, ५ विकास बैंक, र १ वित्त कम्पनीसहितका आफ्ना सहायक सदस्य बैंकहरूलाई कार्ड स्विचिङ तथा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको छ।

एनआईएमबीको स्विच एनपीएस-एनसीएसमा जोडिएपछि ती सदस्य बैंकहरू पनि स्वतः प्रणालीमा आबद्ध हुनेछन् र नेपालपे कार्ड इस्यू र अक्वायर गर्न सक्षम हुनेछन्।

एनआईएमबिले देशभर रहेका आफ्ना २७५ वटा शाखा, ६५ विस्तारित काउन्टरहरु तथा २६५ एटीएम टर्मिनलमार्फत ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : मंगलबार, असार ३१ २०८२१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend