सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

११ महिनामा वाणिज्य बैंकहरूको नाफा ५४ अर्ब, नबिलको ६ अर्ब ४० करोड नाफा हुँदा अन्यको कति?

मंगलबार, असार ३१ २०८२
११ महिनामा वाणिज्य बैंकहरूको नाफा ५४ अर्ब, नबिलको ६ अर्ब ४० करोड नाफा हुँदा अन्यको कति?

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक नबिल बैंक भएको छ। नबिलले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक नबिल बैंक भएको छ। नबिलले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको बैंक तथा वित्तिय संस्थाहरुको विवरण अनुसार सबै बैंककले नाफामा सुधार गरेका छन्। चालु वर्षको साउन देखि जेठ सम्म ११ महिनाको तथ्यांक अनुसार सबै भन्दा कम नाफा गर्ने बैंक भने कुमारी बैंक रहेको छ। २० वाणिज्य  बैैकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

त्यसपछि ग्लोबल आइएमई बैंक ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा सहित दोस्रो स्थानमा रहँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्दै तेस्रो स्थानमा परेको छ।

एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ७ लाख, नेपाल बैंकले ३ अर्ब ७ करोड ५ लाख र एनएमबी बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा गरेका छन्।

यस्तै, प्राइम कमर्शियल बैंकले २ अर्ब ९० करोड ५० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख, प्रभु बैंकले २ अर्ब ३१ करोड २० लाख र सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड ६४ लाख, सानिमा बैंकको २ अर्ब १५ करोड ५७ लाख, कृषि विकास बैंकको १ अर्ब ८१ करोड ९३ लाख र नेपाल एसबीआई बैंकको १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख, सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब ४१ करोड १४ लाख, हिमालयन बैंकले ९० करोड ५३ लाख र एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका छन्।

सबैभन्दा कम नाफा कुमारी बैंकको रहेको छ। ११ महिनामा कुमारीले जम्मा ३७ करोड १० लाख रुपैयाँ मात्र नाफा कमाउन सकेको छ।


प्रकाशित : मंगलबार, असार ३१ २०८२०८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend