सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

डलरको मूल्य फेरि बढ्यो, आजका लागि यस्तो छ विदेशी विनिमय दर

मंगलबार, असार ३१ २०८२
डलरको मूल्य फेरि बढ्यो, आजका लागि यस्तो छ विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य फेरि उकालो लागेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य फेरि उकालो लागेको छ।

आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। सोमबार यो दर क्रमशः १३६ रुपैयाँ ९९ पैसा र १३७ रुपैयाँ ५९ पैसा रहेको थियो। डलरको मूल्य लगातार बढिरहेको देखिँदा आयातमा निर्भर नेपाली बजारमा त्यसको असर देखिन सक्ने अनुमान गरिएको छ।

युरोपियन युरोको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन र क्यानेडियन डलरको दरमा पनि सामान्य वृद्धिको संकेत देखिएको छ। अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा तोकिएको छ।

एशियाली मुद्राहरुमा जापानी येन, चिनियाँ युआन, सिङ्गापुर डलर, साउदी रियाल, कतारी रियाल, युएई दिराम लगायतको विनिमय दर पनि सार्वजनिक गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा छ। चिनियाँ युआनको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा कायम छ।

खाडी मुलुकका मुद्रामध्ये कुवेती दिनार, बहराइन दिनार र ओमनी रियाल महँगा मुद्राका रूपमा प्रस्तुत छन्। कुवेती दिनारको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा रहेको छ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ। बैंकले तोकेको विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने उल्लेख गर्दै, वाणिज्य बैंकहरूले अपनाउने दर केही फरक हुन सक्ने जानकारी दिएको छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। रासस

 


प्रकाशित : मंगलबार, असार ३१ २०८२०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend