काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले प्रजातन्त्र दिवस अफर सार्वजनिक गरेको छ। टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ। यसैगरी टेलिकमले एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ।
अफर एक दिन फागुन ७ गतेका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ। फागुन ७ गते एमपोसबाट गरिने २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकले जनाएको छ।