बिहीबार , जेठ ३ गते २०८१    
images
images

महाकाली करिडोरमा रुख कटान नहुँदा काम प्रभावित

images
शुक्रबार, फागुन ६ २०७८
images
images
महाकाली करिडोरमा रुख कटान नहुँदा काम प्रभावित

करिडोरअन्तर्गत १४ किलोमिटर ट्रयाक खुले डडेल्धुराको जोगबुढा क्षेत्र सहजै पुगिन्छ।

images
images

महेन्द्रनगर- महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ।

images
images
images

कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाले जनाएको छ। 'ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु पाँच करोडमा ठेक्का भएर कामको सुरुआत गर्न भने पनि वनले गर्दा समस्या भएको छ', महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका सवइन्जिनियर दौलत धामीले भने, 'वनको सहमति बिना रुख कटान गर्न सकिन्न।'

images

महाकाली करिडोरको ट्रयाक खोल्ने जिम्मेवारी पाएका दिवा-शनिदेव जेभीका आधिकारिक प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रुख कटानको सहमति नआउँदा समस्या भइरहेको बताए। 'साना र ठूला गरेर करिब चार हजार रुख काट्नुपर्ने देखिन्छ', उनले भने, 'रुख कटानको अल्झनले काम गर्नै गाह्रो भयो।' उनले ट्रयाक खोलिसक्ने बेला भइसक्दासम्म पनि कटान समस्या हुन नभएको दुखेसो पोखे। 

images
images

करिडोरअन्तर्गत १४ किलोमिटर ट्रयाक खुले डडेल्धुराको जोगबुढा क्षेत्र सहजै पुगिन्छ। त्यसैगरी डडेल्धुरा क्षेत्रमा पनि करिडोरको ट्रयाक खुलाउने काम भइरहेको योजनाका सवइन्जिनियर धामीको भनाइ छ। ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माणको काम भइरहेको छ। लामो समयसम्म सो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) हुन नसक्दा काममा ढिलाइ भएको हो।

images
images

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरको काम कछुवा गतिमा छ। डडेल्धुरामा ३८ किलोमिटरसम्म ट्रयाक खुलिसकेको सवइन्जिनियर धामीको भनाइ छ। 'डडेल्धुरामा ५५ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा ३८ किलोमिटरसम्म खुलिसकेको छ', उनले भने, 'बाँकीमा ट्रयाक खोल्ने ठेक्का प्रक्रियाको चरणमा छ।'

त्यसैगरी बैतडीमा १५ देखि २० किलोमिटर महाकाली मार्गमा पर्छ। त्यहाँ करिब ५५ किलोमिटर ट्रयाक खुलिसकेको भए पनि अझै ६०/७० किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उहाँले बताए। चारवटै जिल्लामा ट्रयाक खोल्न अहिले ५० करोड रुपैयाँ बराबरको काम चलिरहेको उनले जानकारी दिए।

२०६५ देखि निर्माण सुरु भएको दार्चुला तिंकर सडक २०७२ सालमा महाकाली करिडोरअन्तर्गत गाभिएको हो। बैतडीको पञ्चेश्वर क्षेत्रमा ५७ किलोमिटर ट्रयाक खोल्ने काम चलिरहेको छ। त्यसका लागि १४ करोड रुपैयाँको ठेक्का भएको छ भने २७ किलोमिटर ट्रयाक खोल्न सम्झौता भइरहेको आयोजनाको कार्यालयले जनाएको छ।

साविकको दार्चुला तिंकर सडकखण्डको कुल १३४ किलोमिटरमध्ये ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। सेनाले गरिरहेको कामको केही दिनअघि प्रधानसेनापति प्रभुराम शर्माले समेत निरीक्षण गरेका थिए। दार्चुलाको लेकम क्षेत्रमा ट्रयाक खोल्न १० करोड रुपैयाँको सम्झौता भएर काम भइरहेको छ। 'लेकम क्षेत्रमा ३४ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ', सवइन्जिनियर धामीले थपे, 'व्यास गाउँपालिकामा पर्ने छ किलोमिटर सडकमा अन्य संरचना निर्माणको काम भइरहेको छ।'

करिडोरअन्तर्गत ट्रयाक खोल्ने काम भइरहेको भए पनि अझै सडक कालोपत्र भने कहीँ पनि भएको छैन। 'पहिलोपटक आयोजनाअन्तर्गत दार्चुलाको खलंगा-सुनसेरा १९ किलोमिटर र सलेतीदेखि बेदसम्म १२ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान हुँदैछ', उनले भने, '३१ किलोमिटर सडक कालोपत्र गर्ने तयारी यसपालि छ।' रासस


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend