बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

१० अर्ब ७३ करोड रुपैयाँको लगानीमा १२ सय बेड क्षमतामा विस्तार हुँदै पाटन अस्पताल

सोमबार, असार ३० २०८२
१० अर्ब ७३ करोड रुपैयाँको लगानीमा १२ सय बेड क्षमतामा विस्तार हुँदै पाटन अस्पताल

विस्तार हुने भवनको निर्माणमा २ लाख बोरा सिमेन्ट, २१ हजार २ सय ६९ क्युबिक ढुंगा गिट्टी, १० हजार ७ सय ३० क्युबिक बालुवा र ४ सय १५ टन फलामे डण्डी आवश्यक पर्ने उल्लेख गरिएको छ।

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पाटन अस्पतालको क्षमता विस्तार गरिने भएको छ। ६ सय बेड क्षमताको पाटन अस्पताल अब १२ सय बेड क्षमताको बनाइने भएको छ।

१० अर्ब ७३ करोड २३ लाख ५४ हजार रुपैयाँको लागतमा अस्पताललाई १२ सय बेड क्षमताको बनाउन लागिएको छ। जसका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत वातावरणीय प्रभाव मूल्यांकन तयार गरेको हो। 

वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। अस्पतालमा बेसमेन्ट, ग्राउन्ड फ्लोरसहित ७ तलाको भवन निर्माण हुने छ। भवनको उचाइ ३५ मिटरको हुने छ।

सन् १९८२ मा तत्कालीन मिसन अस्पताल र ललितपुर अस्पताल एकै बनाएर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापन गरिएको थियो। प्रतिष्ठानले सन् २०१० देखि एमबीबीएस कार्यक्रम सञ्चालन गरेको हो। 

अस्पताल विस्तारको काम ३६ महिनामा सकिने रिपोर्टमा उल्लेख छ। जहाँ ५ सय वटा बाइक र ३ सय वटा कार पार्किङ क्षेत्र रहने छ। १२ सय बेड नै सञ्चालनमा आएपछि जनशक्ति पनि दोबर बढ्ने रिपोर्टमा उल्लेख छ।

विस्तार हुने भवनको निर्माणमा २ लाख बोरा सिमेन्ट, २१ हजार २ सय ६९ क्युबिक ढुंगा गिट्टी, १० हजार ७ सय ३० क्युबिक बालुवा र ४ सय १५ टन फलामे डण्डी आवश्यक पर्ने उल्लेख गरिएको छ।


प्रकाशित : सोमबार, असार ३० २०८२१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend