शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

यसरी भइरहेको छ गौतम बुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान

images
शुक्रबार, फागुन ६ २०७८
images
images
यसरी भइरहेको छ गौतम बुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान
images
images

काठमाडौं- भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान सुरु भएको छ। क्यालिब्रेसनका लागि जहाजले भैरहवा क्षेत्रको आकाशमा फन्को मार्दै विमानस्थलमा जडान भएको उपकरणको परीक्षण गरिरहेको छ।

images
images

जहाजले  भारतीय एयस स्पेश समेत प्रयोग गरेको छ।  क्यालिब्रेसन उडानका लागि एरो थाईले जहाज नेपाल ल्याएको हो।  जहाज बिहीबार नै भैरहवा विमानस्थल पुगेको थियो। आजबाट सुरु भएको क्यालिब्रेसन उडान  १५ गतेसम्म चल्ने छ।

images
images

क्यालिब्रेस उडान सँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ। साथै विमानस्थलबाट व्यवसायीक उडान भने गौतम बुद्ध जयन्तीबाट सुरु गर्ने प्राधिकरणको तयारी छ।

images
images

एरोथाईसँग क्यालिब्रेसन उडानका लागि प्रतिघण्टा ३५ सय डलरमा सम्झौता भएको हो। क्यालिब्रेसन उडान विमानस्थलमा बनेका संरचना, सञ्चार उपकरण तथा सबै पक्षको विषयमा गरिने निरीक्षण उडान हो।

यसका लागि बैग्लै जहाज प्रयोग हुन्छ। विस २०७२ सालमा निर्माण सुरु भएको यो विमानस्थल चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार, नाकाबन्दी तथा भूकम्पका कारण निर्माण ढिला हुँदै आएको थियो।

एसियाली विकास बैंकको ऋणमा निर्माण भएको विमानस्थलको भौतिक कार्यमा ६ अर्ब ७७ करोड रूपैयाँ लागत रहेको छ। भौतिकबाहेकका जग्गा प्राप्ति, यन्त्र उपकरण जडानसहितको लागत जोड्दा यो विमानस्थलको लागत ३० अर्ब रूपैयाँमाथि पुगेको छ।


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend