काठमाडौं- च्याट जीपीटी पछिल्लो समयको चर्चित एआई हो। धेरैका लागि उपयोगी टुलका रुपमा विकास भएको च्याट जीपीटीले २ वर्षभन्दा कम समयमा मासिक ५० करोड सक्रिय प्रयोगकर्ता पाइसकेको छ।
च्याट जीपीटीको स्वीकार्यता पनि क्रमिक रुपमा बढ्दै गइरहेको छ। आम प्रयोगकर्ताको कार्य दैनन्दी नै बदल्न च्याट जीपीटीले सहयोग गरिरहेको छ। जसका लागि यसको चर्चा र प्रयोग दुवै बढ्नमा सहगोग पुगिरहेको छ।
इन्टरनेट प्रयोगकर्ताहरुले केही अफ्ठेरो परे वा सहयोग आवश्यक परे च्याट जीपीटी प्रयोग गर्न लागेका छन्। सटिक र सारांश रुपमा उपलब्ध हुने उत्तरले गुगलभन्दा आम उपभोक्ताको रोजाइमा च्याट जीपीटीजस्ता एआई रहेका छन्।
च्याट जीपीटीमा सबैभन्दा धेरै के विषयमा खोजिल्छ होला त? सुरुदेखि नै च्याट जीपीटीमा सबैभन्दा धेरै सफ्टवयर डेभलपमेन्टका बारेमा सोधिने गरेको पाइएको छ। पहिलो वर्ष पनि च्याट जीपीटीमा सफ्टवयर विकासबारे नै धेरै सोधिएको थियो।
च्याट जीपीटीमा सफ्टवयर डेभलपमेन्टको कोडिङ र एप्लिकेसनमो धेरैको चारो रहेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। सेन्सर टावरको तथ्यांकका आधारमा च्याट जीपीटीमा धेरै सोधिने तथा खोजिने १० विषय समावेश गरिएको छ।
१. सफ्टवयर डेभलपमेन्ट
२०२४ को मार्च-अप्रिलमा यसबारेमा च्याट जीपीटीमा ४४ प्रतिशत प्रयोगकर्ताले खोजी गरेका थिए। २०२५ को सोही अवधिमा सफ्टवयर डेभलपमेन्टबारे खोजी गर्ने उल्लेख्य घटेपनि धेरै प्रतिशतको सोधी/खोजी यसैमा छ। २०२५ मा पनि २९ प्रतिशत च्याट जीपीटीमा सफ्टवयर डेभलपमेन्ट नै सोधिएको थियो।
२. इतिहास र समाज
२०२५ को मार्च अप्रिलको अवधिमा च्याट जीपीटीमा धेरै खोजीको विषय इतिहास र समाज हो। गत वर्ष १३ प्रतिशत प्रयोगकर्ताले यो विषय खोजेकोमा यो वर्ष २ प्रतिशत बढेर १५ प्रतिशत प्रयोगकर्ताले इतिहास र समाजका बारेमा च्याट जीपीटीलाई सोधेका थिए।
३. एआई तथा मेसिन लर्निङ
च्याट जीपीटी प्रयोगकर्ताको धेरै सोध्ने विषयमा तेस्रोमा एआई (आर्टिपिसियल इन्टेलिजेन्स) र मेसिन लर्निङ रहेको छ। २०२४ को मार्च अप्रिलमा १५ प्रतिशतले यसबारेमा सोधेकोमा यो वर्ष १४ प्रतिशत प्रयोगकर्ताले यसबारेमा प्रश्न गरेका थिए।
४. अर्थशास्त्र, वित्त र कर
गत वषएको तुलनामा च्याट जीपीटीलाई यसबारेमा सोध्ने प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ। २०२४ को मार्च अप्रिलको अवधिमा ४ प्रतिशत च्याट जीपीटी प्रयोगकर्ताले अर्थशास्त्र, वित्त र करका बारेमा सोधेकोमा २०२५ को सोही अवधिमा यस्तो जिज्ञासा राख्नेहरु १३ प्रतिशत पुगेका छन्।
५. मनोरञ्जन
च्याट जीपीटीका कुल प्रयोगकर्ता मध्ये ८ प्रतिशतले मनोरञ्जनका बारेमा सोधीखोजी गर्ने गरेका छन्। २०२४ को मार्च अप्रिलको अवधिमा ६ प्रतिशत प्रयोगकर्ताले मनोरञ्जनका बारेमा सोधेकोमा यो वर्ष २ प्रतिशतले बढेर ८ प्रतिशत पुगेको हो।
६. शिक्षा र कोर्स
२०२५ को मार्च अप्रिलमा च्याट जीपीटी प्रयोगकर्ता मध्ये ७ प्रतिशतले शिक्षा र कोर्सका बारेमा सोधेका थिए। २०२४ को सोही अवधिमा उक्त विषयमा ६ प्रतिशत प्रयोगकर्ताले जिज्ञासा राखेका थिए।
७. प्रविधि ब्रान्ड र प्लेटफर्म
च्याट जीपीटी प्रयोगकर्ताकर्ता मध्ये धेरैको जिज्ञासाको विषय प्रविधि ब्रान्ड र प्लेटफर्म पनि रहेको छ। २०२५ को मार्च अप्रिलको अवधिमा ५ प्रतिशत प्रयोगकर्ताले च्याट जीपीटीमा प्रविधि ब्रान्ड र प्लेटफर्मबारे सोधेका थिए। गत वर्ष यस विषयमा ४ प्रतिशतले सोधीखोजी गरेका थिए।
८. कानून र कानूनी प्रक्रिया
कानून र कानूनी प्रक्रियाका बारेमा च्याट जीपीटीलाई सोध्नेहरुको संख्या बढेको छ। २०२४ को मार्च अप्रिल अवधिमा ३ प्रतिशत प्रयोगकर्ताले कानून र कानूनी प्रक्रियाबारे सोधेकोमा २०२५ को सोही अवधिमा ४ प्रतिशत प्रयोगकर्ताले सो विषयमा जिज्ञासा राखेका थिए।
९. अमेरिकी राजनीति र सरकार
संसारभरका मानिसलाई अमेरिकाको राजनीति र त्यहाँको सरकारका बारेमा चासो छ। सोही कारण च्याट जीपीटीमा धेरै सोधिने विषयको नवौँ नम्बरमा अमेरिकी राजनीति र सरकार विषय रहेको छ। २०२४ को मार्च अप्रिलमा २ प्रतिशत प्रयोगकर्ताले अमेरिकी राजनीति र सरकारबारे सोधेकोमा २०२५ को सोही अवधिमा ३ प्रतिशत प्रयोगकर्ताले सो विषयमा जिज्ञासा राखेका थिए।
१०. जलवायु र वातावरण
२०२५ मा च्याट जीपीटीलाई सोधिने विषयमा जलवायु र वातावरणमा कमी आएको छ। २०२४ को मार्च अप्रिलको अवधिमा च्याट जीपीटीका कुल प्रयोगकर्ता मध्ये ३ प्रतिशतले जलवायु र वातावरणबारे जिज्ञासा राखेकोमा २०२५ को सोही अवधिमा २ प्रतिशतले मात्रै यसबारेमा जिज्ञासा राखेका थिए।