सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

विकास हाइड्रोपावरको आईपीओ असार २९ गते बाँडफाँट हुने, २ लाख ९४ हजार आवेदकले पाउने

शनिबार, असार २८ २०८२
विकास हाइड्रोपावरको आईपीओ असार २९ गते बाँडफाँट हुने, २ लाख ९४ हजार आवेदकले पाउने

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सार्वजनिक निष्कासन (आईपीओ) आइतबार, असार २९ गते बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आइतवार बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने जनाएको छ।

काठमाडौं- विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सार्वजनिक निष्कासन (आईपीओ) असार २९ गते आइतबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने जनाएको छ।

कम्पनीको आईपीओमा माग अत्यधिक देखिएको छ। कुल २९ लाख ४२ हजार ७६० कित्ता साधारण सेयरका लागि २१ लाख २० हजार ८७५ जनाले आवेदन दिँदै २ करोड ५६ लाख २७ हजार ११० कित्ता सेयर माग गरेका छन्। माग अपेक्षाभन्दा ८ दशमलव ७ गुणाले बढी रहेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिनेछ।

गोलाप्रथाबाट जम्मा २ लाख ९४ हजार २७६ जना भाग्यमानी आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ९ हजार १०१ कित्ता (१० प्रतिशत) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सेयर सुरक्षित गरिएको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको हो, जुन कम्पनीको कुल जारी पुँजीको ४९ प्रतिशत हो।

गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०७९ सालको फागुन १७ गतेदेखि विद्युत् उत्पादन थालेको हो।

वित्तीय अवस्था हेर्दा, गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड १९ लाख रुपैयाँ रहेको थियो। तर, चालू आर्थिक वर्षभित्र ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा कमाउने प्रक्षेपण कम्पनीले गरेको छ। त्यसै अनुसार, हाल कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा छ।


प्रकाशित : शनिबार, असार २८ २०८२१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend