सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ६ २०७८
images
images
चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले वृद्धि भएर १ हजार ३ सय ५ रूपैयाँ पुगेको छ।

images
images

काठमाडौं- सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेर ९६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ९६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ। यसको मूल्य बिहीबार प्रतितोला ९५ हजार ६ सय तोकिएको थियो।

images
images

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले वृद्धि भएर १ हजार ३ सय ५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

images
images
images

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्बार सुन प्रतिऔँस १ हजार ८ सय ९१ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend