सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बैंकहरूको आधार दर गणनासम्बन्धी विधि परिवर्तन गरिने

शुक्रबार, असार २७ २०८२
बैंकहरूको आधार दर गणनासम्बन्धी विधि परिवर्तन गरिने

काठमाडौं- राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दै आगामी आर्थिक वर्षबाट आधार दर गणनाको विधि परिवर्तन गर्ने घोषणा गरेको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले कष्ट अफ फण्डमा अनिवार्य मौज्दातको लागत प्रतिशत, वैधानिक तरलता लागतको प्रतिशत र सञ्चालन लागतको प्रतिशत जोडेर आधारदर गणना गर्दै आएका थिए।

आगामी आर्थिक वर्षबाट उक्त आधार दर गणनामा परिवर्तन गर्ने घोषणा गरेपनि राष्ट्र बैंकले आधार गणनाको विधि कस्तो हुने भन्नेबारे मौद्रिक नीतिमा उल्लेख गरेको छैन।

आगामी समयमा राष्ट्र बैंकले जारी गर्ने एकीकृत निर्देशनले आगामी आधार दरबारे प्रस्टता थप्ने छ। 


प्रकाशित : शुक्रबार, असार २७ २०८२१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend