सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बैंकहरूको पुँजीकोषमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकले अगाडि सार्‍यो पुँजी वृद्धिको योजना

शुक्रबार, असार २७ २०८२
बैंकहरूको पुँजीकोषमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकले अगाडि सार्‍यो पुँजी वृद्धिको योजना

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको पुँजीकोषको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत हकप्रद सेयर जारी गर्ने सुविधा अगाडि सारेको छ।

धितोपत्र बोर्डले अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएसँगै राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न दिने नीतिसमेत अगाडि सारेको छ। यसले हाल बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको पुँजीकोषको समस्या समाधान भएर जाने छ।

यसअघि बैंकहरुले प्रवाह गरेको अधिक कर्जा लगानी तर न्यून पुँजीकोषका कारण बैंकिङ प्रणालीबाट थप कर्जा लगानी हुन सकेको थिएन। 

कर्जा लगानी बढ्न नसकेकाले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या बढ्दै गएको छ। अधिक तरलता र न्यून ब्याजदर भएपनि बैंकहरुले कर्जा लगानी गर्न सकेका थिएनन्। कर्जा लगानी नहुनुमा बैंकहरुको पुँजीकोषमा देखिएको समस्या प्रमुख कारण थियो।

पुँजीकोषको समस्या समाधान गर्न भन्दै राष्ट्र बैंकले गत आर्थिक वर्ष अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था गरेको भएपनि धितोपत्र बोर्डले कानून अभाव भएको भन्दै लामो समयसम्म निष्कासन गर्ने अनुमति दिएको थिएन। सर्वसाधारणलाई जारी गर्न नमिल्ने सार्वजनिक निष्कासन अनुमति दिन नमिल्ने भन्दै बोर्डले रोकेको थियो।


प्रकाशित : शुक्रबार, असार २७ २०८२१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend