सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कृषि र साना उद्यमीलाई मौद्रिक नीतिबाट के आयो?

शुक्रबार, असार २७ २०८२
कृषि र साना उद्यमीलाई मौद्रिक नीतिबाट के आयो?

हुलाकी तथा मध्यपहाडी राजमार्ग क्षेत्रमा खाद्य स्वच्छता लोगो लिएका होटल तथा रेष्टुरेण्ड र मुख्य बजार आसपासका उद्योग व्यवसायलक्षित स्किम पनि ल्याइएको छ।

काठमाडौं- राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट कृषि तथा लघु उद्यमीहरूका लागि विभिन्न घोषणा गरेको छ। चालु पुँजी कर्जामा सहजीकरण गर्ने, निश्चित रकमसम्को कर्जामा सहजीकरण गर्ने घोषणा गरिएको छ। 

कृषि उत्पादन, कृषियोग्य जमिन, कृषि व्यवसायको धितो बैंक तथा वित्तीय संस्था आफैले मूल्यांकन गरी १० लाखसम्मको कृषि तथा व्यावसायिक कर्जा दिन सक्नेछन्। यस्तो कर्जाको जोखिम व्यवस्थापन अनिवार्य हुनुपर्ने छ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले कृषि उत्पादन तथा व्यवसायसँग सम्बन्धित कामका लागि आवश्यक कर्जाको सहजीकरण तथा प्रभावकारी अनुगमन गर्ने घोषणा गरिएको छ। 

हुलाकी तथा मध्यपहाडी राजमार्ग क्षेत्रमा खाद्य स्वच्छता लोगो लिएका होटल तथा रेष्टुरेण्ड र मुख्य बजार आसपासका उद्योग व्यवसायलक्षित स्किम पनि ल्याइएको छ।

तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरिने भएको छ। यस्तो कर्जामा २ प्रतिशत बिन्दुसम्ममात्र प्रिमियम थप गर्न पाइनेछ। 


प्रकाशित : शुक्रबार, असार २७ २०८२१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend