सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

विदेश भ्रमणमा जाँदा लैजान पाइने रकमको सीमा बढाएर ३ हजार डलर पुर्‍याइयो

शुक्रबार, असार २७ २०८२
विदेश भ्रमणमा जाँदा लैजान पाइने रकमको सीमा बढाएर ३ हजार डलर पुर्‍याइयो

काठमाडौं- विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५ सय अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर बनाइएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै विदेश भ्रमणमा जाँदा लैजान पाइने रकमको सीमा बढाएका हुन्। 

'भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ' मौद्रिक नीतिमा उल्लेख छ।

 


प्रकाशित : शुक्रबार, असार २७ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend