सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बंगलादेश र श्रीलंकाको मुद्रा पनि परिवर्त्य सूचीमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २७ २०८२
बंगलादेश र श्रीलंकाको मुद्रा पनि परिवर्त्य सूचीमा

नेपालमा लगानी गरेका विदेशीहरूलाई लाभांश स्वीकृति प्रक्रियाको थप सहजीकरण, सुन आयात र बिक्रीको व्यवस्थामा पुनरावलोकन गरिने मौद्रिक नीतिमा घोषणा गरिएको छ।

काठमाडौं- बंगलादेश र श्रीलंकाको मुद्रालाई पनि परिवर्त्य सूचीमा राख्ने राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको छ। 

विदेशी विनियम जोखिम न्यूनीकरणका लागि वाणिज्य बैंकलाई अधिकार दिने, नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गर्ने पनि घोषणा गरिएको छ। 

यस्तै नेपालमा लगानी गरेका विदेशीहरूलाई लाभांश स्वीकृति प्रक्रियाको थप सहजीकरण, सुन आयात र बिक्रीको व्यवस्थामा पुनरावलोकन गरिने मौद्रिक नीतिमा घोषणा गरिएको छ। 


प्रकाशित : शुक्रबार, असार २७ २०८२१३:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend