काठमाडौं- बंगलादेश र श्रीलंकाको मुद्रालाई पनि परिवर्त्य सूचीमा राख्ने राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको छ।
विदेशी विनियम जोखिम न्यूनीकरणका लागि वाणिज्य बैंकलाई अधिकार दिने, नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गर्ने पनि घोषणा गरिएको छ।
यस्तै नेपालमा लगानी गरेका विदेशीहरूलाई लाभांश स्वीकृति प्रक्रियाको थप सहजीकरण, सुन आयात र बिक्रीको व्यवस्थामा पुनरावलोकन गरिने मौद्रिक नीतिमा घोषणा गरिएको छ।