आइतबार, भदौ २३ गते २०८१    
images
images

सन् २०२२ को पहिलो महिनामै ५ लाख ५८ हजारले गरे हवाई यात्रा

अन्तर्राष्ट्रियतर्फ कतार र आन्तरिकतर्फ बुद्ध पहिलो नम्बरमा

images
शुक्रबार, फागुन ६ २०७८
images
images
सन् २०२२ को पहिलो महिनामै ५ लाख ५८ हजारले गरे हवाई यात्रा

सन् २०२२ को पहिलो महिना जनवरीमै ५ लाख ५८ हजार ६ सय ७१ जना यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

images
images

काठमाडौं- सन् २०२२ को पहिलो महिना जनवरीमै ५ लाख ५८ हजार ६ सय ७१ जना यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार सन् २०२२ को जनवरीमा अन्तर्राष्ट्रियतर्फ २ लाख ७ हजार ९ सय २२ जना र आन्तरिक तर्फ ३ लाख ५० हजार  ७ सय ४९ जनाले हवाई यात्रा गरेका छन्।

कार्यालयका अनुसार आन्तरिकतर्फ कुल ७ हजार ५ सय ६० वटा उडान तथा अवतरण भएका छन् भने अन्तर्राष्ट्रिय तर्फ १ हजार ६ सय ६२ वटा उडान तथा अवतरण भएका छन्।

विमानस्थल कार्यालयका अनुसार नेपालबाट विभिन्न एयरलाइन्स हुँदै विश्वका विभिन्न गन्तव्य पुग्ग्ने हवाई यात्रुको संख्या १ लाख १८ हजार ६ सय ७८ रहेको छ भने विश्वका विभिन्न देशबाट नेपाल प्रवेश गर्नेको संख्या ८ हजार ५ सय २० रहेको छ।

images

यसैगरी विमानस्थल कार्यालयका अनुसार सन् २०२२ को जनवरीमा आन्तरिक उडान तर्फ काठमाडौंबाट विभिन्न गत्तव्यका यात्रा गर्ने हवाई यात्रुको संख्या १ लाख ८२ हजार ३ सय २१ रहेको छ भने काठमाडौं प्रवेश गर्नेको संख्या १ लाख ६८ हजार ४ सय २८ जना रहेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ बढी यात्रु बोक्ने पाँच एयरलाइन्स

सबैभन्दा बढी यात्रुलाई सेवा दिने एयरलाइन्समा कतार एयरवेज रहेको छ। कतारपछि हिमालय एयरलाइन्सले बढी यात्रुलाई सेवा दिएको छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स भने तेस्रो स्थानमा झरेको छ। कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये हिमालयले १६.६२ प्रतिशत यात्रु बोकेको छ भने नेपाल एयरलाइन्सले १४.३९ प्रतिशत यात्रु बोकेको छ। यसैगरी नम्बर एकमा रहेको कतार एयरवेजले भने कुल यात्रुको २२.९२ प्रतिशत यात्रु बोकेको छ।

कतारले २ सय ४८ वटा उडान तथा अवतरणमार्फत ४७ हजार ६ सय ८७ यात्रु ओसारपसार गरेको छ।

यसैगरी दोस्रो बढी यात्रु बोक्नेको सूचीमा हिमालय एयरलाइन्स रहेको छ। हिमालयले ३ सय ४२ उडान तथा अवतरण मार्फत ३४ हजार ५ सय ७२ यात्रु बोकेको छ। तेस्रो नम्बरमा रहेको नेपाल एयरलाइन्सले भने २ सय २६ उडान मार्फत २९ हजार ९ सय ४० यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरेको छ।

यसैगरी चौथो नम्बरमा रहेको फ्लाई दुबईले भने १ सय ९४ उडान तथा अवतरण मार्फत २३ हजार ९ सय ५८ जना यात्रु बोकेको छ। पाँच नम्बरमा  रहेको जजिरा एयरलाइन्सले १ सय २६ उडान तथा अवतरण मार्फत १३ हजार १ सय ८११ यात्रुलाई सेवा दिएको छ। यसैगरी एयरअरेबियाले १२ हजार ९ सय ३६ र सिंगापुर एयरलाइन्सले ८ हजार ७ सय १७ जनालाई अन्तर्राष्ट्रिय हवाई यात्रा गराएको छ।

आन्तरिकतर्फ बढी यात्रु बोक्न पाँच एयरलाइन्स

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा बुद्ध एयरले दिएको छ। बुद्ध एयरले आन्तरिक हवाई यात्रुको कुल संख्याको ५१.३५ प्रतिशत अर्थात १ लाख ८० हजार १ सय ३९ यात्रुलाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ।

यसैगरी बढी यात्रु बोक्नेको सूचिमा यती एयरलाइन्स रहेको छ। यतीले ८४ हजार ९ सय १ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ। यतीको बजार हिसा २४.२० प्रतिशत रहेको छ।

यसैगरी तेस्रो बढी यात्रु बोक्नेमा श्री एयरलाइन्स रहेको छ। श्रीले ४५ हजार ८ सय ७४ यात्रुलाई हवाई सेवा दिएको छ। श्रीले बोकेको यात्रु संख्या कुल संख्याको १३.०७ प्रतिशत हो। यसैगरी गुणले १६ हजार ९ सय २५ जना र सौर्यले १५ हजार ५ सय ७८ यात्रुलाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ।

यसैगरी नेपाल एयरलाइन्सले पनि २ हजार २ सय १६ यात्रुलाई हवाई सेवा प्रदान गरेको छ।


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend