सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइयो

शुक्रबार, असार २७ २०८२
सेयर कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइयो

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गभर्नर विश्वनाथ पौडेलले सेयर कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याएका छन्।

यसअघिका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड पुर्‍याएका थिए। सेयर लगानीकर्ताहरुले सेयर कर्जाको सीमा हटाउनुपर्ने माग गर्दै आएका थिए। तर गभर्नर पौडेलले सेयर कर्जाको सीमा बढाएर २५ करोड पुर्‍याएका हुन्। 

बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाइ २५ करोड रुपैयाँ बनाइएको हो। यसले सेयर बजारमा कर्जा लगानी बढाउन मद्दत पुग्ने अनुमान राष्ट्र बैंकले गरेको छ।


प्रकाशित : शुक्रबार, असार २७ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend