सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नयाँ मौद्रिक नीतिले घटायो नीतिगत दर, बैंकहरूको ब्याजदर थप घट्ने

शुक्रबार, असार २७ २०८२
नयाँ मौद्रिक नीतिले घटायो नीतिगत दर, बैंकहरूको ब्याजदर थप घट्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ०.५ प्रतिशत आधार बिन्दुले घटाएर कायम गरेको छ। चालु आर्थिक वर्ष ५ प्रतिशत रहेको आधार दर घटाएर ४.५ प्रतिशत कायम गरेको छ।

यस्तै निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुको अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत नघट्ने गरी आगामी आर्थिक वर्षबाट राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ। 

यस्तै ब्याजदर कोरिडोरको माथिल्लो सीमा बैंक दरलाई भने ६.५ प्रतिशतमा नै यथावत राखेको छ। राष्ट्र बैंकले नीतिगत दर र निक्षेप संकलन दर घटाएसँगै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर थप घट्ने भएको छ। 

हाल वाणिज्य बैंकहरुको निक्षेपको भारित औषत ब्याजदर ४.३७ प्रतिशत र कर्जाको भारित औषत ब्याजदर ८.११ प्रतिशत रहेको छ। 

नीतिगत दरमा भएको परिवर्तनसँगै बैंकहरुले यही असारमा नै पनि थप ब्याजदर घटाउन सक्ने छन्। 


प्रकाशित : शुक्रबार, असार २७ २०८२१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend