सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आगामी आर्थिक वर्ष १२ प्रतिशत कर्जा विस्तार गर्ने मौद्रिक नीतिको लक्ष्य

शुक्रबार, असार २७ २०८२
आगामी आर्थिक वर्ष १२ प्रतिशत कर्जा विस्तार गर्ने मौद्रिक नीतिको लक्ष्य

काठमाडौं- गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति प्रस्तुत गर्दै कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत  हुने बताएका छन्।

अर्थतन्त्रमा देखिएको संकुचन कम गर्न गभर्नर पौडेलले मौद्रिक नीति लचिलो बनाउने गरी उक्त कर्जा विस्तारको लक्ष्य लिएका हुन्। 

निजी क्षेत्रको पुँजी निर्माण गर्ने क्षमता कम हुँदै गएकाले यसलाई वृद्धि गर्ने गरी कर्जा विस्तार गर्ने लक्ष्य पौडेलले बताएको छ। 

गत आर्थिक वर्ष १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको असार मसान्तसम्ममा करिब ४ खर्ब अर्थात ८ प्रतिशतमात्रै कर्जा विस्तार भएको छ। 


प्रकाशित : शुक्रबार, असार २७ २०८२१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend