शुक्रबार, जेठ ४ गते २०८१    
images
images

राष्ट्र बैंकको नीतिले घरजग्गा काराेबारमा संकट आउने संकेत, सस्तो हुन सक्छ घरजग्गाको मूल्य

images
शुक्रबार, फागुन ६ २०७८
images
images
राष्ट्र बैंकको नीतिले घरजग्गा काराेबारमा संकट आउने संकेत, सस्तो हुन सक्छ घरजग्गाको मूल्य
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको समीक्षासँगै घरजग्गा कारोबार झनै ओारोलो लाग्ने संकेत देखिएको छ। अर्थतन्त्रमा देखिएका विद्यमान समस्याहरू समाधान हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको उल्लेख गरिएको छ।

images
images
images

अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने घोषणा गरिएको छ भने उत्पादनशील क्षेत्रमा जाने ऋणको ब्याजदर केही सस्तो बनाउने राष्ट्र बैंकले बताएको छ। जसका कारण घरजग्गा तथा सेयर धितोमा लगानी हुने कर्जामा पुनरावलोकन गर्ने पनि उल्लेख गरेको छ। तर उसले समीक्षामा के कति हुने भन्ने विषयमा भने केही उल्लेख गरेको छैन।

images

कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमा साथै रेमिट्यान्स स्थानान्तरणको सुविधालाई समेत पुनरावलोकन गर्ने भएको छ। नीतिले कडाइ गरेपछि ठूला लगानीकर्ताले बैैककाे ब्याजकाे दबाबले सस्ताेमा बिक्री गर्न सक्छन्। 

images
images

माघमै सुस्ताएको घरजग्गा कारोबार फागुनमा संकट आउने संकेत

images
images

घरजग्गा कारोबारमा माघ महिनामा झनै मन्दी आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको तथ्यांकअनुसार माघमा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको छ। यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो।

बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको हो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत झनै कडाइ गर्ने संकेत दिएकोले फागुनमा घरजग्गा कारोबार झनै सुस्ताउने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबारमा झनै कडाइ गर्ने नीति लिएसंगै फागुनमा संकट आउने आंकलन गरिएको छ। 

सबैभन्दा धेरै किनबेच हुने पूर्वी क्षेत्रमा नै घरजग्गा कारोबारमा मन्दी आएको छ। काठमाडौं उपत्यकामा ८ हजार ५ सय १८ वटा मात्रै घरजग्गा कारोबार भएको छ। पुस महिनामा ८ हजार ३ सय ८७ वटा किनबेच भएको थियो। बैंकमा तरलता अभावसँगै गत साउनदेखि नै घरजग्गा कारोबारमा मन्दी आएको छ। बैंकहरूले ऋण लगानी गर्न छाडेपछि असर घरजग्गा कारोबारमा परेको हो। 

घरजग्गा किनबेचबाट प्राप्त हुने राजस्व पनि माघमा ३ अर्ब ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। कात्तिकमा ३ अर्ब २२ करोड, मंसिरमा, ४ अर्ब २२ करोड, पुसमा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। माघ महिनामा १ अर्ब २६ करोड पुँजीगत लाभकर संकलन भएको छ। 

गत वर्षको मंसिर पुसमा भने मासिक ७५ देखि ८० हजार हाराहारी घरजग्गा किनबेच र करिब १० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। अहिले भने उपत्यकामै घरजग्गा कारोबारमा सुस्ताएको छ।  


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०१:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend