सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

दुई सातामा १३६ अंकले बढ्यो सेयर बजार

आज ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार, उचाइतर्फ निरन्तरताको संकेत

बिहीबार , असार २६ २०८२
दुई सातामा १३६ अंकले बढ्यो सेयर बजार

काठमाडौं- गएको साता समग्रमा १०८.१९ अंकले बढेको सेयर बजार यो साता २७.८४ अंकले बढेको छ। उचाइतर्फ जान कठिन भइरहेको सेयर बजार गएको सातायता समग्रमा वृद्धितर्फ नै देखिएको हो। 

यो साता पहिलो कारोबारमा आइतबार बजार २.४० अंकले बढेको थियो। सोमबार २२.३५ अंकले घटेको बजार मंगलबार ०.१४ अंकले घटेर स्थिर देखिएको थियो भने बुधबार २२.०४ अंकले बढेको थियो। 

आज बिहीबार २५.८९ अंकले बढेर बजार २७३१.८० बिन्दुमा पुगेको छ। ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँको कारोबार भएको बजारमा १६१ कम्पनीको सेयर मूल्य बढेको छ। ८७ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा अपेक्षाकृत वृद्धि भने भएको छैन। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ। दुई सातायताको वृद्धिले भने बजारले उचाइतर्फ निरन्तरताको संकेत देखाइरहेको छ। 


प्रकाशित : बिहीबार , असार २६ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend