शनिबार, असोज ५ गते २०८१    
images
images

मार्जिन कर्जामा कडाइ गर्ने राष्ट्र बैंकको संकेत 

सेयरदेखि घरजग्गासम्म जाने ऋणलाई कडाइ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
मार्जिन कर्जामा कडाइ गर्ने राष्ट्र बैंकको संकेत 

विशेषगरी घरजग्गामा जाने ऋण, सेयर धितोमा जाने ऋणमा कडाइ गर्न खोजिएको छ। त्यस्तं व्यक्तिगत हायरपर्चेज कर्जामा पनि कडाइ गरिने छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा अझै कडाइ गर्ने संकेत गरेको छ। 

images
images
images

चालु वर्षका लागि ल्याइएको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गर्ने राष्ट्र बैंकले घोषणा गरेको छ। 

जोखिमभार पुनरावलोकन गर्ने भनेको यस्ता क्षेत्रमा जाने र गएको कर्जालाई कडाइ गर्न खोजिएको छ। यद्यपि सबै कर्जामा कडाइ हुने वा खुकुलो हुने भन्ने अहिले नै भन्न नसकिने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणनाकर भट्टले जानकारी दिए। 

'यसको निर्क्यौल विस्तृत निर्देशन(सर्कुलर)मा हुन्छ। तर जोखिमको भारमा हेरफेर हुँदा कुनैमा अहिले धेरै टाइट रहेछ भने खुकुलो पनि हुनसक्छ' उनले भने। 

images

उनले यसो भनेपनि पछिल्लो समय बढ्दै गएको तरलता अभाव र बाह्य असन्तुलनलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले मार्जिन प्रकृतिका कर्जालाई नियन्त्रण गर्न खोजिरहेको छ। 

विशेषगरी घरजग्गामा जाने ऋण, सेयर धितोमा जाने ऋणमा कडाइ गर्न खोजिएको छ। त्यस्तं व्यक्तिगत हायरपर्चेज कर्जामा पनि कडाइ गरिने छ। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१४:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend