सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

दुई दिनको गिरावटपछि पुन: वृद्धितर्फ सेयर बजार, २२ अंकले बढ्दा ७ अर्बमाथिको कारोबार

बुधबार, असार २५ २०८२
दुई दिनको गिरावटपछि पुन: वृद्धितर्फ सेयर बजार, २२ अंकले बढ्दा ७ अर्बमाथिको कारोबार

यो साता सोमबार र मंगलबार बजार घटे पनि अहिले लगानीकर्ता केही सम्हालिएकै अवस्थामा देखिन्छन्।

काठमाडौं- यो साता आइतबार सामान्य बढेर सोमबार ओरालो लाग्दै मंगलबार स्थिर रहेको सेयर बजार बुधबार पुन: वृद्धितर्फ लागेको छ।

गएको साताभर उकालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार पनि २.४० अंकले बढेको थियो। सोमबार भने २२.३५ अंकले घटेको बजार मंगलबार पनि ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा ओर्लिएको थियो।

बुधबार बजार पुन: उचाइतर्फ लाग्दा २२.०४ अंकको वृद्धिसहित २७०५.९० बिन्दुमा उक्लिएको छ। १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ७ अर्ब ४५ करोड १८ लाख रूपैयाँको कारोबार भएको छ। आज ४९ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ।

गएको साता समग्रमा बजार १०८.१९ अंकले बढेको थियो। उचाइतर्फ जान कठिन भइरहेको सेयर बजारमा गएको सातायता सबै कारोबार वृद्धितर्फ नै देखिएको थियो। यो साता सोमबार र मंगलबार बजार घटे पनि अहिले लगानीकर्ता केही सम्हालिएकै अवस्थामा देखिन्छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने अपेक्षाकृत वृद्धि भएको छैन। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।


प्रकाशित : बुधबार, असार २५ २०८२१५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend