आइतबार, भदौ २३ गते २०८१    
images
images

शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान सुरु हुने, बुद्ध जयन्तीबाट नियमित उडान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान सुरु हुने, बुद्ध जयन्तीबाट नियमित उडान

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गते शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने भएको छ।

images
images

काठमाडौं- भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गते शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने भएको छ।

images
images
images

क्यालिब्रेसन उडानका लागि एरो थाईले जहाज नेपाल ल्याएको छ। जहाज बिहीबार नै भैरहवा विमानस्थल पुग्ने छ। ६ गतेबाट १५ गतेसम्म क्यालिब्रेसन उडान हुने छ।

क्यालिब्रेस उडान सँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ। साथै विमानस्थलबाट व्यवसायीक उडान भने गौतम बुद्ध जयन्तीबाट सुरु गर्ने प्राधिकरणको तयारी छ।


एरोथाईसँग क्यालिब्रेसन उडानका लागि प्रतिघण्टा ३५ सय डलरमा सम्झौता भएको हो। क्यालिब्रेसन उडान विमानस्थलमा बनेका संरचना, सञ्चार उपकरण तथा सबै पक्षको विषयमा गरिने निरीक्षण उडान हो।

images

यसका लागि बैग्लै जहाज प्रयोग हुन्छ। विस २०७२ सालमा निर्माण सुरु भएको यो विमानस्थल चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार, नाकाबन्दी तथा भूकम्पका कारण निर्माण ढिला हुँदै आएको थियो।


एसियाली विकास बैंकको ऋणमा निर्माण भएको विमानस्थलको भौतिक कार्यमा ६ अर्ब ७७ करोड रूपैयाँ लागत रहेको छ। भौतिकबाहेकका जग्गा प्राप्ति, यन्त्र उपकरण जडानसहितको लागत जोड्दा यो विमानस्थलको लागत ३० अर्ब रूपैयाँमाथि पुगेको छ।


प्रकाशित : बिहीबार , फागुन ५ २०७८११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend