बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना

images
मंगलबार, असार २४ २०८२
images
images
प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना

त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

images
images

त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

images
images

यस्तै, चार हजार ९ सय ६६ मेगावाट क्षमताका जलविद्युत आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ।

images
images
images

प्राधिकरणले एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन प्रक्रिया आरम्भ गर्न लागिएको उनले जानकारी दिए। सो आयोजनाको मुख्य सुरुङमा पानी चुहिने समस्या देखिएको थियो।

सो समस्यासमेत समाधान भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले गत वर्षको बाढीपहिरोका कारण समस्याग्रस्त भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उल्लेख गरे।

प्राधिकरणमा हाल सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको उनको भनाइ छ।

उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतीलगायत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न पनि अर्थले प्राधिकरणलाई स्वीकृति दिएको छ।

प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको सयदिन पुगेको अवसरमा विवरण सार्वजनिक गर्दै उनले डिजिटल एनइए निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएकाे दाबी गरेका छन्। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend