सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

उतारचढावबीच स्थिर देखियो सेयर बजार, ६ अर्ब ५७ करोडको कारोबार

मंगलबार, असार २४ २०८२
उतारचढावबीच स्थिर देखियो सेयर बजार, ६ अर्ब ५७ करोडको कारोबार

गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।

काठमाडौं- उतारचढावबीच मंगलबार सेयर बजार स्थिर देखिएको छ। गएको साताभर उकालो लाग्दै यो साताको पहिलो कारोबारमा आइतबार पनि बढेर सोमबार भने ओरालो लागेको बजारले मंगलबार पनि वृद्धिको लय पछ्याउन सकेन।

मंगलबार सेयर बजार ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा ओर्लिएको छ। १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ६ अर्ब ५७ करोड ४१ लाख रूपैयाँको कारोबार भएको छ। आज ११५ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ।

गएको साता समग्रमा १०८.१९ अंक र यो साता पहिलो कारोबारमा आइतबार २.४० अंकले बढेर २७०६.३७ बिन्दुमा पुगेको थियो। सोमबार भने २२.३५ अंकले घटेर बजार २६८४.०१ बिन्दुमा ओर्लँदा ८ अर्ब ३७ करोड रूपैयाँको कारोबार भएको थियो।

उचाइतर्फ जान कठिन भइरहेको सेयर बजारमा गएको सातायता सबै कारोबार वृद्धितर्फ नै देखिएको थियो। सोमबार र मंगलबार बजार घटे पनि अहिले लगानीकर्ता केही सम्हालिएकै अवस्थामा देखिन्छन्। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने अपेक्षाकृत वृद्धि भएको छैन। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend