मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

images
मंगलबार, असार २४ २०८२
images
images
हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ।

images
images

काठमाडौ‌ं- तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महंगी देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्म देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उक्त विवरण देखिएकाे हाे। 

images
images

प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ।

images
images

जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १७ प्रतिशत रहेको थियो।

images
images
images

यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ५४ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९४ प्रतिशत रहेको छ। खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १० दशमलव ०६, गैर-मदिराजन्य पेयपदार्थको पाँच दशमलव १३ प्रतिशतले बढेको छ।

त्यस्तै फलफूलको तीन दशमलव ५१ र दाल तथा गेडागुडीको दुई दशमलव ८५ प्रतिशतले बढेको देखिन्छ। तर तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक सात दशमलव ०४, मरमसलाको तीन दशमलव ०६ र माछा तथा मासुको दुई दशमलव ९१ प्रतिशतले घटेको छ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ९ दशमलव ४३, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ८२, शिक्षाको पाँच दशमलव ८८, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव ०६ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ।

त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक दुई दशमलव ९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक दुई दशमलव ६६ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १८, मधेशको दुई दशमलव ५२, बागमतीको दुई दशमलव २९, गण्डकीको एक दशमलव ७५, लुम्बिनीको दुई दशमलव ३९, कर्णालीको दुई दशमलव ५४ र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ८६ प्रतिशत रहेको छ। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend