मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

वीरगञ्जमा खानेपानीको हाहाकार

images
मंगलबार, असार २४ २०८२
images
images
वीरगञ्जमा खानेपानीको हाहाकार

खानेपानी संस्थानले दैनिक करिब एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ। तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ।

images
images

पर्सा- वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ। घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन्। चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ। वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सय भन्दा बढी छन्।

images
images

नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरि नै खानेपानीको अभाव देखिएको जानकारी दिए। 'यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ,' उनले भने।

images
images

वीरगञ्ज महानगर-१३ श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गरे। 'महानगर क्षेत्रमा खानेपानीको चर्काे अभाव झेल्दै आइरहेका छौँ,' उनले भने, 'विगत तीन वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ।'

images
images
images

उनले खानेपानीमन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्ने भए पनि समस्या समाधान गर्न नसकेको दुखेसो पोखे। वीरगञ्ज महानगर-२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताउँछन्। 'पानीको अभाव भन्दै सर्वसाधारणले गुनासो धेरै आइसक्यो,' उनले भने, 'वडा कार्यालयकै पहलमा यही वर्ष दुईवटा बोरिङ खनेर पानी वितरण गरेका छौँ। तर, पर्याप्त छैन।'

वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोतसाधन भएकाले जनताको आवश्यकताअनुसार ‘बोरिङ’ खन्न नसकिरहेको गुनासो गरे। 

वीरगञ्ज महानगरका वन, वातावरण  विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै अधिकांश चापाकाल सुक्खायाममा सुक्ने गरेको बताए।

वीरगञ्ज महानगरका अनुसार अहिले यहाँको वडा नं १, २, ११, १३, १६, २५, २६ लगायतका स्थानमा पानीको अभाव छ। शाखा प्रमुख साहले चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ स्थानभन्दा धेरै ठाउँमा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराउँदै आएको छ।

'पाँचदेखि ६ लाख लागतमा करिब ७५ वटाभन्दा धेरै बोरिङ खनेर सर्वसाधारणलाई पानी वितरण गर्दै आइरहेका छौँ,' उनले भने, 'वीरगञ्जमा पानीको दीर्घकालीन समाधानका लागि संघीय सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा खानेपानी आयोजना अघि बढाउने प्रयास गरिरहेको छ।'

खानेपानी संस्थानले दैनिक करिब एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ। तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ।

शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढंगले खानेपानी विस्तार गर्न नसकेको स्वीकारे। चालु आवमा मात्रै यहाँका करिब ६ सय सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन्। ३५० भन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन्। खानेपानी संस्थानका महानगरभित्र १२ हजार ग्राहक छन्। वडा कार्यालयको सिफारिसमा संस्थानले ६ हजार ३७० रूपैयाँ लिएर नयाँ धारा जडान गर्दै आएको छ। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend