सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स, जेठमा भित्रियो १ खर्ब ७६ अर्ब रूपैयाँ

मंगलबार, असार २४ २०८२
एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स, जेठमा भित्रियो १ खर्ब ७६ अर्ब रूपैयाँ

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ११ महिनामा कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को जेठमा महिनागत हिसाबले अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ।

यसअघि बैशाखमा पनि रेमिट्यान्समा रेकर्ड ब्रेक भएको थियो। बैशाखमा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो। त्यसमा पनि रेकर्ड ब्रेक हुँदै जेठमा १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रिएको हो। जुन एकै महिनामा अहिलेसम्म भित्रिएको सबैभन्दा धेरै रेमिट्यान्स हो।

यसअघि चालु आवकै फागुनमा १ खर्ब ५१ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। फागुनको तुलनामा बैशाखमा १४ अर्ब र बैशाखको तुलनामा जेठमा ११ अर्ब बढी रेमिट्यान्स भित्रिएको हो।

यसैगरी, चालु आवकै चैतमा १ खर्ब ४० अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ११ महिनामा कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो।

अघिल्लो आवको सोही अवधिसम्म रेमिट्यान्सको वृद्धिदर १७.२ प्रतिशत थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भइ ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

प्रकाशित : मंगलबार, असार २४ २०८२१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend