मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

ल्हेन्दे खोला बाढी : तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

images
मंगलबार, असार २४ २०८२
images
images
ल्हेन्दे खोला बाढी : तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल-चीन सीमामा रहेको मितेरी पुल बगाएको छ। बाढीका कारण स्याँफ्रुबेँसी-रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ।

images
images

रसुवा- नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

images
images

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी रहेको बताए।

images
images

यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए।

images
images
images

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल-चीन सीमामा रहेको मितेरी पुल बगाएको छ। बाढीका कारण स्याँफ्रुबेँसी-रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ। बाढीले एकसय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका  मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ।

क्षतिको पूर्ण विवरण आइनसकेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend